गण्डकीमा कांग्रेस संसदीय दलको नेतामा २ जनाको मनोनयन दर्ता

पोखरा । गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा २ जनाको मनोनयन दर्ता भएको छ । कांग्रेस प्रदेश कमिटीले बुधबार संसदीय दलको नेता छान्न तालिका सार्वजनिक भए अनुुसार आज मनोनयन दर्तादेखि निर्वाचन हुँदैछ ।
सोही अनुरुप गण्डकीमा कांग्रेस संसदीय दलको नेताका लागि सुरेन्द्र पाण्डे र भोजराज अर्यालको मनोनय दर्ता भएको हो । मनोनय दर्ताको समय २ बजेसम्म तोकिएको थियो । आज ३ देखि ४ बजेसम्म मतदान केही हुने निर्वाचन मण्डल जनाएको छ ।
दलको नेता बन्न ४ जनाले आकांक्षी देखाएपनि अन्तिममा २ जनाले मात्र मनोनय दर्ता गरेका हुन् । सुरेन्द्र पाण्डेको प्रस्तावक बिन्दुकुमार थापा र समर्थक टकराज गुरुङ छन् । यस्तै, अर्यालका प्रस्तावक महेन्द्रध्वज जिसी, समर्थक पार्वती तामाङ छिन् ।

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

प्रतिक्रिया