नेपाल टी-ट्वान्टीः लुम्बिनी र फार वेस्टबीचको खेल ‘टाइ’

काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेडबीचको खेल ‘टाइ’ अर्थात बराबरीमा टुंगिएको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा लुम्बिनी र फार वेस्टले समान १ सय ३७ रन जोडे ।
फार वेस्टले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन जोड्यो । लुम्बिनीका लागि गुल्सन झाले सर्वाधिक ३६ रन बनाए । अन्तिम ओभरमा ५ रनको आवश्यकता भएपनि लुम्बिनीले केवल ४ रन मात्र जोड्यो । गुल्सनले लगातार ३ बल डट खेलेका थिए ।
लाहिरु मिलान्थाले ३४ रन तथा विपुल शर्माले ३१ रन बनाए । फार वेस्टका लागि शेर मल्ल र करण केसी समान २-२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन जोड्यो । फार वेस्टका लागि देव खनालले ४८ तथा कप्तान हसमातुल्लाह शाहिदीले ३२ रन बनाए ।
लुम्बिनीका लागि साड्ली भानले सर्वाधिक २ तथा हरमित सिंह, किशोर महतो र सागर ढकालले १ विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया