आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

आहा रारा पोखरा गोल्ड कपको टिकट माइपेबाट अनलाइन किन्न सकिने

काठमाडौंँ- मोफसलकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको टिकट माइपे डिजिटल वालेटबाट अनलाइन किन्न सकिने भएको छ । डिजिटल वालेटबाट टिकट काट्दा १० प्रतिशत क्यासब्याक पाइने माइपेले जनाएको छ । २२ औं संस्करणको यस प्रतियोगिता पौष १४ गतेदेखि २४ गतेसम्म संचालन हुँदै छ । पोखरा रंगशालामा आयोजना हुन लागिरहेको यस प्रतियोगितामा १० टिम सहभागी हुँदै छन् ।

पर्यटकीय नगरी पोखरालाई डिजिटल नगरी बनाउने उद्देश्य अनुरूप चर्चित फुटबल प्रतियोगिताको टिकटलाई डिजिटल बनाएर कार्य शुभारम्भ गरेको माइपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जानकारी दिए ।​ प्ले स्टोर वा एप स्टोरबाट सजिलै माइपे एप डाउनलोड गरी, एप भित्रैबाट टिकट काट्न सकिने माइपेले जानकारी दिएको छ । माइपेका अनुसार डिजिटल माध्यमबाट टिकट काट्ने मध्ये हरेक दिन २ जनालाई १०० प्रतिशत क्यासब्याक र सेमिफाइनलको टिकट काट्ने २ जनालाई फाइनलको टिकट निःशुल्क वितरण गरिने छ । 

यसबाहेक यस वालेटमार्फत हवाई टिकट बुकिङमा सबैभन्दा धेरै क्यासब्याकसँगै मोबाइल टपअप, पानीको बिल भुक्तानी, फोनको बिल भुक्तानी, विद्युत महसुल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, टेलिभिजनको बिल भुक्तानी, रिचार्ज पिन, डाटा प्याकको सुविधाहरू समेत दिँदै आएको छ ।

माइपेले हरेक कारोबारमा आकर्षक क्यासब्याकका साथै एक बैंक खाताबाट अर्काे खातामा मात्र १ रूपैयाँमा रकम पठाउन सकिने सुविधा पनि रहेको छ । ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै अन्य विभिन्न सेवाहरू थप गर्दै लगिने माइपेले जनाएको छ ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम