आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

क्यानको १४औं महाधिवेशन सम्पन्‍न, अध्यक्षमा पोदार निर्विरोध

काठमाडौं- कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) मा नयाँ कार्यसमिति चयन भएको छ। महासंघको २९औं वार्षिक साधारणसभा एवं १४औं महाधिवेशनले रणजीतकुमार पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ केन्द्रीय कार्यसमितिका लागि पोदार सर्वसम्मत अध्यक्षमा चुनिएका छन्। 

महासंघको वरिष्ठ उपाध्यक्षमा कुशल रेग्मी निर्वाचित भएका छन्।  त्यस्तै उपाध्यक्षमा संस्थागत समूहबाट राजेन्द्रप्रसाद अर्याल, महिला समूहबाट सरिता सिंह तथा जिल्ला शाखा समूहबाट हर्कबहादुर सेटी र ध्रुवराज शर्मा (सुदीप) निर्वाचित भएका छन्। 

महासचिव पदमा चिरञ्जीवी अधिकारी निर्वाचित भएका छन् भने कोषाध्यक्ष पद नवीन जोशी निर्विरोध भएका छन्। सचिवमा सुमनलाल प्रधान (व्यक्तिगत समूह), बुद्धरत्न तुलाधर (संस्थागत समूह) र प्रताप सापकोटा (विषयगत समूह) निर्वाचित भएको क्यान महासंघले जनाएको छ। 

त्यस्तै जिल्ला शाखा समूहबाट सचिवमा भुपालदास श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, भूपेन्द्र मैनाली र कर्णराज पनेरु निर्विरोध निर्वाचित भएका छन्। सदस्यहरुमा भने विश्वराम बलामी, अग्मा मालाकार, सिर्जना श्रेष्ठ, सुभाष खड्का, विक्रम सिंह, दिव्यतारा शाक्य, निरञ्जन पटेल, केशवप्रसाद भट्टराई चयन भएका छन्। 

यस्तै, हेमपाल श्रेष्ठ, मिना अर्याल, ठाकुरकुमार श्रेष्ठ, उमेश रघुवंशी, दिपक साह, सरिता न्यौपाने, शेखरनाथ दुलाल, सरुना श्रेष्ठ, चिन्तामणि बास्तोला, तुलसीराम पाण्डे, डा। अभिजीत गुप्ता, दिपेन्द्र पौडेल, मनिराज पाण्डे, रामकिशोर रावल, राजु कट्टेल, रीना श्रेष्ठ र भानुभक्त शर्मा (मनोनित) चयन भएका छन्। 

त्यस्तै लेखा समिति संयोजकमा प्रभात श्रेष्ठ तथा लेखा समिति सदस्यद्धयमा हृदयमान श्रेष्ठ र विक्रान्त कार्की चयन भएको क्यान महासंघले जनाएको छ।

नव निर्वाचित अध्यक्ष पोदारले नयाँ कार्यसमितिले सामूहिक भावना लिएर काम गर्ने बताएका छन्। सूचना प्रविधि क्षेत्रमा आबद्ध पेसा कर्मी, विद्यार्थी, व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गरी यस क्षेत्रको उल्लेखनीय विकास गर्न महासंघले भूमिका खेल्ने उनले बताए।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम