जुगल हिमालको आरोहण खुलाउन पहल

मेलम्ची- सिन्धुपाल्चोकमा पर्ने जुगल हिमशृङ्खलाका विभिन्न उचाइको हिमचुलीहरू पर्वतारोहणका लागि खुला गर्ने माग गरिएको छ ।
बैठकले पर्वतारोहणका लागि प्रस्ताव गरिएका हिमचुलीको नामाकरण गर्न अनुरोध गरेको छ । जुगल–१ (६५९१ मि), जुगल–२ (६५१८ मि), जुगल–३ (६१८४ मि) र जुगल–४ (६१२० मि) नामाकरण गर्न अनुरोध गर्ने निर्णय भएको प्रतिनिधिसभा सदस्य सापकोटाले जानकारी दिए । प्रतिनिधिसभा सदस्य माधव सापकोटा, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, पर्यटन विभागको महानिर्देशक होमप्रसाद लुइँटेलसहितको उपस्थितिमा ती हिमालको नामाकरण गरी आरोहणका लागि अनुमति माग्ने निर्णय गरेको हो ।
बैठकमा सिन्धुपाल्चोकमा अवस्थित जुगल हिमाश्रृङ्खलाका विभिन्न उचाइको हिमचुली पर्वतारोहणका लागि खुला गर्ने सम्बन्धमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको नेतृत्वमा भएको अध्ययन प्रतिवेदनमाथि छलफल भएको थियो ।
प्रतिवेदनमा समावेश गरिएका हिमाल पहुँचका दृष्टिले राजधानीबाट नजिक रहेको, पर्वतारोहणका लागि सहज पदमार्गको पहिचान भएको र मुलुकको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने देखिएकाले आरोहणका लागि खुला गर्न पर्यटन विभागमार्फत नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णयमा भनिएको छ ।
छ हजार एक सय ५१ मिटर उचाइको जुगल हिमशृङ्खलाअन्तर्गत ग्याल्जेन पिक यसअघि दुईपटक आरोहण भइसकेको छ । पहिलो पटक २०७५ चैत २६ मा सफल आरोहण गरिएको थियो । सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा पहिलो पटक आरोहण भएको थियो । दोस्रो पटक २०७७ कात्तिकमा आरोहण गरिएको थियो ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया