नेपाल टी-ट्वान्टीः काठमाडौँले हात पार्यो दोस्रो जित

काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत काठमाडौँ नाइट्सले दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार जनकपुर रोयाल्सलाई ५३ रनले पराजित गर्दै काठमाडौँले तीन खेलमा दोस्रो जित हात पारेको हो ।
२ सय ९ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर रनमात्र १ सय ५५ जोडेपछि काठमाडौँले जित हात पारेको हो ।
जनकपुरका लागि समिउल्लाह सिनवारीले २९ तथा सन्दिप जोराले २६ रन बनाए । काठमाडौँका अजमातुल्लाह ओमरजाईले ३ तथा बसिर अहमदले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन जोड्यो । काठमाडौँका लागि एलेक्स ब्लेकले ४३ बलमा ८३ रन बनाउँदा ४ चौका र ७ छक्का हिर्काए । भिरनदिप सिंहले ४९ रन बनाए । अजमातुल्लाह ओमरजाईले १५ बलमा अविजित ४३ रन जोडे ।
जनकपुरका लागि पवन सर्राफले सर्वाधिक २ विकेट लिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया