नेपाल टी-ट्वान्टीः लुम्बिनीको लगातार तेस्रो जित

काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत लुम्बिनी अल स्टार्सले लगातार तेस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गर्दै लुम्बिनीले तेस्रो जित हात पारेको हो ।
पोखराले दिएको १ सय ३४ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । पोखराका लागि कुशल भुर्तेलले ३९ रन बनाए । साड्ली भानले ३१ रन जोडे ।
पोखराका विपिन खत्री र कुशल मल्लले समान २-२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन जोड्यो । पोखराका लागि कुशल मल्लले ३१ बलमा सर्वाधिक ६१ रन जोडे । उनले समान ५ चौका र ५ छक्का हिर्काए । उपुल थरंगाले ४२ रन जोडे ।
लुम्बिनीका साड्ली भानले सर्वाधिक ३ तथा किशोर महतो र गुल्सन झाले समान २-२ विकेट हात पारे । पोखराको यो लगातार तेस्रो पराजय हो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया