सुरक्षित गर्भपतन : भ्रम र वास्तविकता
गर्भपतन भन्नेबित्तिकै धेरैले ‘डर’, ‘त्रास’, ‘घृणा’, ‘खतरा’, ‘लाज’, ‘पाप’, ‘हत्या’, ‘अपराध’ आदिसँग जोडेर हेर्छन् । नचाहिएको गर्भ पतन गर्न खोज्दा अझै पनि विभिन्न प्रश्न तेस्र्याइन्छ । लान्छना लगाइन्छ । चरित्रसँग जोडेर हेरिन्छ । गर्भपतनलाई समाजले अहिले पनि महिलाको अधिकार र स्वतन्त्रताको विषय मानेको पाइदैन । कहिले, कति र किन बच्चा जन्माउने वा नजन्माउने भन्ने अधिकार स्वयम् महिलाको हुन्छ भन्ने कुरा अझै पनि हामीले बुझाउन सकिरहेका छैनौँ ।
नेपालमा सुरक्षित गर्भपतन सेवाले कानुनी मान्यता पाएको २० वर्षभन्दा बढी भइसक्यो । तैपनि, धेरैजना अहिले पनि गर्भपतनसम्बन्धी भ्रमहरूलाई नै सत्य मानेर बसिरहेको अवस्था छ । सुरक्षित गर्भपतन सेवालाई गुणस्तरिय र लाञ्छनारहित बनाउन सकिएको छैन । गर्भपतनबारे थुप्रै परम्परावादी सोचाइ र सामाजिक भ्रमहरू छन् । आज हामी गर्भपतनबारे व्याप्त तिनै भ्रम र तिनलाई चिर्ने वास्तविकताबारे चर्चा गर्नेछौँः
भ्रमः मानिसले जनसंख्या नियन्त्रणका लागि गर्भपतन गराउँछन् । गर्भपतन सेवा सहजै उपलब्ध हुँदा परिवार नियोजनका साधन प्रयोग गर्दैनन् ।
वास्तविकताः प्रत्येक व्यक्तिले वर्तमान परिस्थितिका आधारमा गर्भपतनको निर्णय गर्छ । आफूलाई स्वस्थ र सुरक्षित राख्नका लागि आफूसँग जे स्रोत छ, त्यसैलाई आधार मान्छन् । सामान्यतयाः गर्भपतन गराउनुभन्दा परिवार नियोजनको साधन प्रयोग गर्नु सहज हुन्छ । मानिसले जन्मदर नियन्त्रण गर्न गर्भपतन गराएको कुनै पनि प्रमाण छैन ।
भ्रमः मानिसले गर्भपतनलाई गम्भीर रूपमा लिँदैनन् ।
वास्तविकताः गर्भपतन समान्य प्रक्रिया हो । तर, गर्भपतन गराउनुका पछाडि थुप्रै कारण हुन्छन् । गर्भपतन गराउने वा बाआमा बन्ने भन्ने विषय व्यक्तिको परिस्थितिले निर्धारण गर्ने हो । जब व्यक्तिको सामाजिक, आर्थिक र स्वास्थ्यका कारण गर्भधारण गर्न वा थप बच्चा जन्माउन सम्भावना हुँदैन त्यस्तो अवस्थामा धेरै व्यक्तिले गर्भपतन रोज्छन् ।
भ्रमः गर्भपतन गर्नेहरू आचरणहीन/नैतिकताहीन हुन्छन् । उनीहरूलाई त्यसको सजाय भोग्न दिनपर्छ ।
वास्तविकताः समाजमा एउटा भ्रम छ, जो महिला गर्भपतन गराउन चाहन्छिन् उनी आचरणहीन हुन् । बिना इच्छा रहेको गर्भ भएपनि गर्भपतन गराउनु नैतिकता विपरीत हो भन्ने भ्रम छ । यसलाई खराब आचरण भएका व्यक्तिले गर्ने कार्यका रूपमा लिइन्छ । महिला असल होस् या खराब यौन आफैमा खराब हो भन्ने मान्यता पनि समाजमा छ । महिलाले गर्ने यौनसम्पर्कलाई आचरणसँग जोडेर हेर्ने गरिन्छ । महिलाले पुरुषसँग गर्ने यौनसम्पर्कलाई नकारात्मक रूपमा हेरिन्छ । तर, त्यही काम गर्ने पुरुषलाई त्यस्तो व्यवहार गरिन्न ।
भ्रमः गर्भपतन गराउनु शारीरिक रूपमा हानिकारक हुन्छ ।
वास्तविकताः गर्भपतनबारे व्यक्तिअनुसार फरक–फरक धारणा आउने गरेका छन् । परिवार र साथीभाइको सहयोग र सुझावका आधारमा पनि उनीहरूका प्रतिक्रिया फरक हुने गरेका छन् । अधिकांश व्यक्तिले गर्भपतनलाई संवेगात्मक र मनोवैज्ञानिक रूपमा हानिकारण नभएको बताउँछन् । हुनत, कतिपयले यसलाई अल्पकालीन समस्याका रूपमा लिने गरेका छन् । अधिकांशले भने यसलाई सकारात्मक रूपमा लिन्छन् र दीर्घकालिन समस्या मान्दैनन् ।
भ्रमः गर्भपतन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
तथ्यः यो गलत हो । बच्चा जन्माउनुभन्दा गर्भपतन सुरक्षित हुन्छ । गर्भपतनको विरोध गर्नेहरू भन्छन्, गर्भपनका कारण गर्भाशयमा क्षति हुन्छ । तर, तथ्यांकले गर्भपतन गराउँदा बिरलै समस्या आउने देखाएको छ । गर्भपतनका कारण बिरामी हुने वा रोग लाग्ने गरेको कुनै प्रमाण छैन ।
भ्रमः गर्भपतन गराएपछि पुनः गर्भवती हुन सकिँदैन ।
तथ्यः गर्भपतनले भविष्यमा प्रजनन् क्षमतामा कुनै असर गर्दैन । विगतमा असुरक्षित गर्भपतनका कारण महिलाले शरीरिक समस्या र प्रजनन् क्षमतामा समस्या बेहोरेका थिए । यसको प्रमुख कारण अयोग्य र तालिम नलिएका चिकित्सकले असुरक्षित तरिकाले गर्भपतन गराउनु हो ।
भ्रमः गर्भपतनमा प्रायः गर्भमा रहेको भ्रुणलाई लक्षित गरिन्छ ।
वास्तविकताः गर्भपतन गर्भधारण गरेको १२ हप्ताभित्र र बच्चाको लैंगिक पहिचान हुनु अगाडि गरिन्छ । यदि बच्चाको लैंगिक पहिचान भएपछि गर्भपतन गराइन्छ भने त्यसमा परिवारले कुनै एक लिंगलाई मात्र प्राथमिकता दिएको देखिन्छ । यसको समाधान गर्भपतनलाई निषेध गर्नु होइन । यसका लागि त छोरालाई मात्र प्राथमिकता दिने समाजको दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ ।
भ्रमः गर्भपतनले पारिवारिक एकता समाप्त पार्छ ।
वास्तविकताः मानिसहरू जो बाबुआमा बन्न चाहँदैनन्, उनीहरूलाई जर्बजस्ती रूपमा गर्भधारण गराएर मातृत्वको पारिवारिक समूहमा ल्याउनु सहज छैन । कोसँग र कसरी परिवारिक संरचना निर्माण गर्ने भन्ने निर्णय गर्ने अधिकार व्यक्ति आफैमा निहित रहन्छ ।
भ्रमः मैले चाहने हो भने गर्भपतन सहजै उपलब्ध हुन्छ ।
वास्तविकताः नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिएको भएपनि यदि कसैले गर्भपतन गराउन चाहेमा उसले थुप्रै समस्या झेल्नुपर्छ । दुर्गममा बसोवास गर्ने व्यक्तिले गर्भपतन गराउन स्वास्थ्य संस्थासम्म पुग्न लामो यात्रा तय गर्नुपर्छ । यस्तै महंगो शुल्क, खाना र बस्नका लागि चर्को खर्च, व्यक्ति र संस्थाले दिने गतल सल्लाह र सूचना पनि यसका अवरोधहरू हुन् ।
भ्रमः गर्भपतनले बच्चाको नजन्मदै हत्या हुन्छ जुन नैतिक रूपमा गलत हो ।
वास्तविकताः गर्भ रहेको पहिलो चरणमा भ्रुण हुन्छ । दोस्रो महिनाको अन्त्यतिर त्यसले बिस्तारै बच्चाको रूप धारण गर्छ । पहिलो चरणमा बच्चा स्वतन्त्र रूपले बच्न सक्ने अवस्थामा हुँदैन । जब गर्भपतन गराइन्छ, त्यो समयमा बच्चा पाठेघरभन्दा बाहिर बच्न सक्ने अवस्थामा हुँदैन ।
भ्रमः गर्भपतन रोजाइको अर्थ गर्भपतनको पक्षधर नै हो ।
वास्तविकताः प्रत्येक व्यक्तिको पहिलो रोजाइ शारीरिक सम्पर्क, प्रजनन् स्वास्थ र अधिकार नै हुन्छ । तर, व्यक्तिले अनिच्छित गर्भधारणलाई गर्भपतन गराउने वा नगराउने भन्ने आफैले निर्णय गर्नुपर्छ ।
भ्रमः युवालाई शारीरिक सम्पर्क र गर्भपतनसम्बन्धमा जानकारी गरायो भने उनीहरू यौन र अनैतिक कार्यमा आवद्ध हुन्छन् ।
वास्तविकताः विभिन्न अध्ययनबाट स्पष्ट भएको छ कि परिवार नियोजन, गर्भपतनलगायत विषयमा बृहत यौन शिक्षा दिनसके प्रत्येक व्यक्ति सशक्त हुन्छन् । यौन शिक्षाबारे जानकारी हुँदा परिवार नियोजन र सुरक्षित यौन सम्पर्कबारे सचेत हुन सहयोग गर्छ ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया