सयौँ टेस्ट खेलमा वार्नरको शतक
काठमाडौँ- अस्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नरले आफ्नो एक सयौँ टेस्ट खेलमा शतक पुरा गरेका छन् । पाहुना टोली दक्षिण अफ्रिकाविरुद्ध जारी दोस्रो टेस्ट खेल वार्नरका लागि व्यक्तिगत एक सयौँ टेस्ट खेल हो ।
सोही खेलका क्रममा वार्नरले शतक पुरा गरेका छन् । उनले एकदिवसीयको सयौँ खेलमा समेत शतक पुरा गरेका थिए । टेस्ट र एकदिवसीय दुवैको सयौँ खेलमा शतक पुरा गर्ने उनी दोस्रो खेलाडी हुन् । यसअघि वेस्ट इन्डिजका गोर्डन ग्रिनिजले उक्त कीर्तिमान कायम गरेका थिए ।
यो समाचार पार्दासम्म वार्नरले १ सय ३४ रन बनाउँदै ब्याटिङ गरिरहेका छन् । एक सयौँ खेलमा शतक पुरा गर्ने वार्नर १०औँ खेलाडी समेत बनेका छन् ।
टेस्टमा उनको यो २५ औँ शतक समेत हो । वार्नरले टेस्टमा ८ हजार रन समेत पुरा गरेका छन् । ८ हजार रन पुरा गर्ने उनी आठौँ अस्ट्रेलियन क्रिकेटर हुन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया