बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

प्रचण्डकाे पहिलो निर्णय : प्रधानमन्त्री कार्यालयको सुदृढीकरण गर्ने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरण गर्ने निर्णय गरेका छन् ।

सोमबार शपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै प्रचण्डले प्रधानमन्त्री कार्यालयको सुदृढीकरण सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन् ।

उनले कार्यालयको सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न हस्ताक्षर गरेका हुन् ।