नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै बस्ने

काठमाडौँ- नवगठित मन्त्रिपरिषद्को बैठक आजै (सोमबार) साँझ बस्ने भएको छ । सोमबार साँझ साढे ६ बजे नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएकाे हाे ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा प्रधानमन्त्री दाहाल र ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।
उक्त मन्त्रिमण्डलमा एमालेका विष्णु पौडेल उपप्रधानमन्त्री तथा उपप्रधान तथा अर्थ मन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक तथा पूर्वाधार मन्त्री भएका छन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया