जनकपुरको लगातार दोस्रो जित, ललितले लिए ५ विकेट

काठमाडौँ- नेपाली टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत जनकपुर रोयल्सले लगातार दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा बिराटनगरलाई ५ विकेटले हराउँदै जनकपुरले दोस्रो जित हात पारेको हो ।
१ सय ४१ रनको लक्ष्य जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । जनकपुरका लागि चाडविक वाल्टनले अविजित ६९ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभरको १ बल बाँकी छदै सबै विकेट गुमाउँदै १ सय ४० रन जोड्यो । बिराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ३८ तथा रोहित पौडेलले ३२ रन बनाए ।
जनकपुरका ललित राजबंशीले सर्वाधिक ५ विकेट लिए । लिगमा ५ विकेट लिने उनी पहिलो खेलाडी हुन् । केसरिक विलियम्स र आदिल आलमले समान २-२ विकेट हात पारे ।
यसअघि बिराटनगरले लुम्बिनी अल स्टार्ससँग ३ रनको पराजय भोगेको थियो भने जनकपुरले पोखरा एभेन्जर्सलाई ५ विकेटले पराजित गरेको थियो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया