एमाले गठबन्धनको सरकार : प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति एमाले, सात दलका १६६ सांसदको साथ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नयाँ प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बसेको बैठकले प्रचण्डलाई प्रधानमन्त्रीमा स्वीकार गरेको हाे ।
एमाले गठबन्धनको सरकारमा सात दलका १६६ सांसदको सहभागी हुनेछ । नयाँ सरकारमा एमालेका ७८, माओवादी केन्द्रका ३२, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदको साथ छ ।
पद बाँडफाँटमा अर्का दुई महत्वपूर्ण राष्ट्रपति र सभामुख एमालेको भागमा परेको छ ।
१६६ सांसदको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी भइरहेको छ । राष्ट्रपति भण्डारीले दलहरूलाई सरकार गठनका लागि दिएको समय आइतबार साँझ ५ बजे सकिँदैछ ।

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

वन मन्त्रालयको एक वर्ष : मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरण र काठमा आत्मनिर्भर बनाउन …

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

देशमा आशा सञ्चार नहुँदा प्रतिभावान पलानय हुने खतरा बढ्योः पर्यटनमन्त्री पाण्डे

प्रतिक्रिया