एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की

विराटनगर- नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की सर्वसम्मत चयन भएका छन् ।
आइतबार प्रदेशसभास्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले पार्टी स्थायी कमिटी सदस्य समेत रहेका झापा ५ (१) बाट निर्वाचित कार्कीलाई दलको नेता चयन गरेको हो । ताप्लेजुङ प्रदेशसभा क्षेत्र नं. १ बाट निर्वाचित तिलकुमार मेन्याङ्बोको प्रस्ताव र सुनसरी २ (१) बाट निर्वाचित रेवतिरमण भण्डारीको समर्थनमा कार्की दलको नेता चयन भएका हुन् ।
दलको बैठकले दलका नवनिर्वाचित नेता कार्कीको संयोजकत्वमा सरकार निर्माण लगायतका विषयमा अन्य दलहरूसँग छलफल गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा तिलकुमार मेन्याङ्बो, रेवतिरमण भण्डारी, लिलाबल्लभ अधिकारी र सिर्जना राई सदस्य रहेका छन् ।
नेकपा एमालेबाट सुनसरी ३ (१) बाट निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्य रोहितबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले दलको विधानलाई समेत अनुमोदन गरेको प्रदेशसभा सदस्य रेवतिरमण भण्डारीले जानकारी दिए ।
दलका नवनिर्वाचित नेता कार्कीले एमालेकै नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताए । प्रदेश १ मा जनताको अधिक रोजाइको पहिलो पार्टी भएकोले एमालेकै नेतृत्वमा सरकार बन्नेमा आफू विश्वस्त रहेको बताए ।
२०२१ असोज ११ मा झापा जिल्लाको गौरादह–३ मा बुवा बमबहादुर कार्की र आमा जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानका रूपमा जन्मिएका कार्की विद्यार्थी राजनीति हुँदै २०३६ सालपछि राजनीतिक जीवनमा सक्रिय छन् । यसअघि प्रदेश १ को पहिलो सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका कार्की प्रदेशसभामा दोस्रो कार्यकालका निर्वाचित भएका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेले ४० सिट जित्दै पहिलो दल बनेको छ । निर्वाचित सबै प्रदेशसभा सदस्यहरूले सोमबार सपथ ग्रहण गर्दैछन् ।

सगरमाथा संवादमा इलामे चियाको स्वाद

शिक्षा समितिमा विधालय शिक्षा बिधेयक माथी छलफल हुने

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

प्रतिक्रिया