एमालेले प्रदेश १ मा आज दलको नेता छान्दै, कार्कीलाई सर्वसम्मत चयन गर्ने तयारी

विराटनगर- प्रदेश १ को प्रदेशसभाको सबैभन्दा ठुलो दल नेकपा एमालेले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । ९३ सदस्यीय प्रदेशसभामा प्रत्यक्षतर्फ २५ र समानुपातिकबाट १५ गरी कुल ४० सांसद रहेको एमालेले दलको नेता चयन गर्ने मुख्य ऐजेण्डासहित अपरान्ह १ बजे बैठक बोलाएको हो ।
प्रदेशसभा सचिवालयस्थित संसदीय दलको कार्यालयमा बैठक तय भएको नवनिर्वाचित सांसद एवं एमालेका पूर्व प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । एमालेबाट संसदीय दलको नेतामा स्थायी कमिटी सदस्य रहेका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की सर्वसम्मत चयन हुने एमाले स्रोतको दाबी छ । उनी झापा क्षेत्र नम्बर ५ (१) बाट दोस्रो पटक निर्वाचित भएका हुन् ।
प्रत्यक्षतर्फ निर्वाचन लडेका दुई महिला उम्मेदवार पराजित भएपछि एमालेले प्रदेश १ को प्रदेशसभामा समानुपातिकतर्फबाट १४ जना महिला सांसद प्रदेशसभामा पठाएको छ । एमालेसहित प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ वटा दलबाट निर्वाचित सांसदहरू सोमबार हुने सपथ ग्रहण कार्यक्रममा सहभागी हुन आइतबार नै विराटनगर आइपुग्दैछन् । सपथ अगावै एमालेले दलको नेता गर्न लागेको हो ।
हालको गठबन्धन कायमै रहे कार्की नै प्रदेश १ को मुख्यमन्त्री बन्ने छन् । एमाले, राप्रपा र जसपा गठबन्धनमा ४७ सांसद रहेका छन् । प्रदेशसभाको बहुमत संख्या पनि ४७ नै हो । सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) का गरी ४६ सांसद मात्रै रहेका छन् ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_HnPiRDOwCQ_clru5kzlg1mhonaq2o1zep1kmebl4s8jfyl1n3iiftexmbmfa9cadtpgzk8b.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया