किसानलाई बाँदर धपाउने उपकरण

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई बाँदर धपाउने उपकरण वितरण गरेको छ । बुधबार वडा नम्बर ६ का बाँदर प्रभावित किसानलाई ४१ वटा उपकरण वितरण गरिएको हो । यसअघि ४ नम्बर वडाका टोलविकास संस्था, सहकारी, र व्यवसायिक फर्मलाई ४९ थान उपकरण वितरण गरिएको थियो ।
गाउँपालिकाले ५ लाख रुपैयाँमा २ सय ८० थान बाँदर धपाउने उकरण खरिद गरेर वितरण सुरु गरेको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधारीले बताए ।
मकवानपुरगढी गाउँपालिकाको ८ वडा मध्ये वडा नम्बर २, ३, ४ र ६ बढी बाँदर प्रभावित क्षेत्र हो । बाँदरसँगै मृग र बँदेलले पनि किसानको बालीमा क्षति पु¥याइरहेको कृषक पुष्कर तिमल्सिनाको भनाइ छ । ‘अब मकैको सिजन सुरु भयो, वरिपरि जंगलै जंगल छ, उपकरणले केही राहत पुग्ने आशा गरेका छौं ।’ उनले भने । उपकरणको प्रयोग गर्ने तरिका सजिलो भएको उनले बताए ।
उनीहरूलाई बुधबार गाउँपालिकाले उपकरण प्रयोग गर्ने तरिका सिकाएर वितरण गरेको थियो । स्थानीय माधव घिमिरेले बनाएको उपकरण गाउँपालिकाले खरिद गरेर वितरण गरेको हो । उनले उपकरण बाँदरलाई तर्साउन र भगाउने उद्देश्यले बनाएको बताएका छन् । यसअघि गाउँपालिकाका किसानहरुलाई प्रति उपकरण २ हजारका दरमा उनले केही बिक्री गरेका थिए । त्यसको प्रभाव केही परेको प्रतिक्रिया आएपछि थप उपकरण बनाउन उत्साहित भएको उनको भनाइ छ ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया