बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

वार्षिकोत्सवमा 'अपाङ्ग आवाज'लाई आर्थिक सहयोग

काठमाडौँ : रिटर्नेड युनाइटेड नेशन भोलेन्टिएर्स एसोसियशन नेपाल (आरयूएनभीएएन)ले २७ औँ वार्षिकोत्सव मनाएको छ । काठमाडौँ चाबहिलस्थित   सिर्जनशील अपाङ्ग आवाज नेपाललाई आर्थिक सहयोग गर्दै यो संस्थाले वार्षिकोत्सव मनाएको हो । 

यो संस्था संयुक्त राष्ट्रसंघको स्वयंसेवा कार्यक्रम अन्तर्गत विभिन्न मुलुकमा काम गरेका नेपाली स्वयम् सेवकहरूको हो । यस अवसरमा आरयूएनभीएएनका अध्यक्ष पुण्य प्रसाद पौडेलले  संस्थाको तर्फबाट सिर्जनशील अपाङ्ग आवाज नेपालको  स्थापनाकार र अध्यक्ष  तुलसा केसीलाई एक  प्रसंसा पत्र  र संस्थालाई आर्थिक सहयोग स्वरुप रु ४०,००० को चेक प्रदान गरेका छन् ।