एजेण्डामै प्रवेश नगरी सकियो नेकपा सचिवालय बैठक

काठमाडौं :सत्तारुढ नेकपाको बहुप्रतिक्षित भनिएको सचिवालय बैठक ठोस कुराकानीमा प्रवेश नै नगरी सकिएको छ । अर्को बैठक तिहार सकिए लगत्तै बस्ने सहमति नेताहरूबीच भएको छ । आधाघण्टा ढिला गरि शुरु भएको बैठक पौने घण्टा बसेर सकिएको थियो ।
‘नेकपाका बहुमत सचिवालय सदस्यका पत्र, नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत सचिवालय सदस्यलाई सोही पत्र प्रतिक्रियास्वरुप दिएको पत्र र दुवै पत्रलाई समेटेर अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको प्रतिवेदन पेस गर्दै बैठक सकिएको छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक इकागजलाई जानकारी दिए ।
सबै पत्रको बारेमा सचिवालय सदस्यहरूले विस्तृतमा अध्ययन गरेर अर्को बैठक मंसिर तीन गते बस्ने तय भएको श्रेष्ठले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । बैठक बस्नु अघि अध्यक्ष ओलीले उपाध्यक्ष वामदेव गौतमसँग छुट्टै छलफल गरेका थिए । बहुमत सचिवालय सदस्यले केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटीको बैठक बोलाउनुपर्ने माग गर्ने तयारी यसअघि नै गरिसकेकाले यस्तै अध्ययनमा अलमल गराएर बैठक सार्ने दाउँ गरेको आरोप सचिवालय सदस्यहरुको छ ।
नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिवध्दता भए पार्टीभित्र देखिएको समस्या समाधान हुने बताएका छन् । नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफैँ हुने बताए । बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने भएमा समस्याको समाधान नहुने उनको धारणा थियो । शुक्रबारको बैठकलाई पनि यही संज्ञा दिइएको छ । प्रधानमन्त्रीले अध्ययनगर्ने भन्दै बैठकलाई पछि धकेलेका हुन् । यस विषयमा पनि पार्टीमा छलफल हुने भनिएको छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया