नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्छौँं : मन्त्री श्रेष्ठ

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले पर्यटन दशक २०२३ देखि २०३२ को रणनीतिक कार्ययोजना तयार गर्न विज्ञहरूले रूपरेखा तयार पारेको र यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका हुन् ।
मन्त्री श्रेष्ठले मुलुक संघीयतामा गए पनि काममा पुरानै प्रवृत्ति रहेको भन्दै पर्यटन क्षेत्रको विकासका लागि नवीन कार्यशैलीका साथ अघि बढ्नुपर्ने धारणा राखे । विज्ञहरूले तयार पारेको रूपरेखामा बहुपक्षीय पूर्वाधार विकास र पर्यटन क्षेत्रको पुनर्उत्थानका साथै पर्यटक आगमन प्रति वर्ष १५ प्रतिशतले वृद्धि गरी ३५ लाख पुर्याउने उल्लेख छ ।
त्यस्तै मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदानलाई १० प्रतिशत कायम गर्ने लक्ष्य राखिएको मन्त्री श्रेष्ठले बताए । साथै प्रति पर्यटक प्रतिदिन खर्च ४८ डलरबाट १२५ पुर्याउने, देशको कूल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई १० प्रतिशतसम्म पुर्याउने योजना रहेको उनले बताए ।
कोरोनापछिको पर्यटन पुनर्उत्थान तथा पुनः जागरण गर्दै देशैभर पर्यटन प्रवर्द्धनका लागि प्रादेशिक तथा राष्ट्रिय स्तरका अभियान सञ्चालन गर्ने मन्त्री श्रेष्ठले बताए ।

नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैनः स्वास्थ्यमन्त्री पौडेल

चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषयः राष्ट्रपति पौडेल

प्रचण्डलाई योगेश भट्टराईको प्रश्नः प्रधानसेनापति हटाउनेले सहसचिव हटाउँदा मुटुम…

संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँः काँग्रेस उपसभापति गुरुङ

जनार्दन शर्माको प्रश्नः सरकार यति गैरजिम्मेवार किन ?

सांसदका प्रश्नहरुप्रति गम्भीर हुन सरकारलाई सभामुखको रुलिङ, नागरिक उन्मुक्ति र …
संघीय संसद्को दुवै बैठक बस्दै: सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जा…

प्रतिक्रिया