शरीरमा सोडियम कमी भएपछि दाहाल पत्नी सीता अस्पताल भर्ना

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता अस्पताल भर्ना भएकी छन् । शरीरमा सोडियमको मात्रामा कमी भएकाले सीतालाई मंगलबार साँझ मेडिसिटी अस्पताल भर्ना गरिएको हो ।
दुई दिनदेखि शरीरमा सोडियमको मात्रामा कमी र पिसाबमा ईन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको उनकी छोरी गंगा दाहालले जानकारी दिइन् । गंगाका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
लामो समयदेखि पार्किन्सन रोगबाट सीता पीडित छिन् । गत पुसमा भारतको नयाँदिल्लीमा उपचार गरी उनलाई ल्याइएको थियो ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया