बागमतीमा मन्त्रिपरिषद् विस्तार : बस्नेतलाई सामाजिक, नेपाल र पाण्डेको मन्त्रालय शपथअघि टुंगिने
काठमाडौँ : बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले तीन मन्त्री र एक जना राज्यमन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
सिन्धुपाल्चोकका सांसद सरेश नेपाल, नेकपा एमाले बागमती प्रदेशमा प्रमुख सचेतक तथा नुवाकोटका सांसद केशव पाण्डे र दोलखाकी सांसद सरस्वती बस्नेत मन्त्रिपरिषद्मा समेटिएका छन् ।
मामिला तथा कानून, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री र समाजिक विकास मन्त्रालय रिक्त रहेको थियो । जस अन्तर्गत सामाजिक विकास मन्त्रालयको जिम्मेवारी बस्नेतलाई दिइएको छ । नेपाल र पाण्डेलाई कुन मन्त्रालय दिइने भन्नेबारे आज चार बजे सपथ ग्रहण गर्नुअघि जानकारी दिइने बताइएको छ । 'आजै चार बजे सपथ ग्रहणको लागि जानकारी आएको छ' नेता नेपालले इकागजसँग भने 'कुन मन्त्रालय भन्ने सपथअघि मात्रै थाहा हुने भयो ।'
धादिङका सांसद डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्री बनाइएको नेता नेपालले जानकारी दिए ।
यसअघि प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीबाट अरुण नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रीबाट शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्रीबाट युवराज दुलालले राजीनामा दिएका थिए । यी तिनै मन्त्रालय मुख्यमन्त्री डोरमणि पौडेलले आफू मातहतमा राखेका थिए ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया