बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

'सिरियल किलर' चार्ल्स शोभराज आज रिहा हुनसक्ने

काठमाडौँ — सिरियल किलरको रूपमा अन्तर्राष्ट्रिय रूपमै विख्यात केन्द्रीय कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई रिहा गरिने तयारी गरिएको छ ।
काठमाडौं जिल्ला अदालतले हत्या अभियोगमा केन्द्रीय कारागारमा रहेका शोभराजलाई रिहा गर्न आदेश दिएसँगै आजै उनी छुट्न सक्नेछन् ।

काठमाडौं अदालतले उनलाई रिहा गर्न केन्द्रीय कारागार सुन्धारालाई निर्देशन दिएको छ । पनि शोभराजविरुद्ध काठमाडौं जिल्ला अदालतमा थप दुईवटा मुद्धा थियो । जाली राहदानी र ज्यान मार्ने उद्योगका मुद्दा भेटिएपछि योबारे विषयमा कारागार व्यवस्थापन विभाग काठमाडौं अदालत पुगेको थियो । अहिले अदालतले पनि रिहा गर्न दिएपछि उनी कारागारबाट बाहिरिने भएका हुन् ।

सर्वोच्चले भक्तपुर अदालतबाट चलेको मुद्दामा उनलाई तत्काल रिहा गरी १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएको थियो कारागार व्यवस्थापन विभागकाअनुसार अहिले उनलाई रिहा गरेर अध्यागमन विभागमा जिम्मा लगाउने तयारीमा छ ।