ज्योतिषीसँग साइत जुराएर शपथ लिँदै सुदूरपश्चिम प्रदेशसभा सदस्य

कैलाली- यही पुस ११ गतेका लागि नवनिर्वाचित प्रदेश सभा सदस्यहरूलाई शपथ गराउने मिति तय भएर आवश्यक तयारी गरेको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले उक्त दिन स्थगित गरेर १५ गतेका लागि मिति तय गरेको छ ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले ११ गतेका लागि तयारी गरिएको शपथ १५ गतेका लागि सारिएको बताए । उनले मिति सारिएको विषयमा भने आफूलाई कुनै जानकारी नभएको बताए ।
तर, प्रदेश प्रमुख देवराज जोशीको परामर्शमा ज्योतिषीसँग साइत जुराएर १५ गतेका लागि शपथ गराउने दिन तय गरिएको बताइएको छ ।
अब १५ गते सुरुमा प्रदेश प्रमुख जोशीबाट जेष्ठताका आधारमा नवनिर्वाचित प्रदेश सांसद मानबहादुर रावलले शपथ लिनेछन् । सोही दिन अन्य ५२ जना प्रदेश सांसदहरूलाई रावलले शपथ गराउने प्रदेश सभा सचिवालयले जनाएको छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया