कर्णालीका नवनिर्वाचित सांसदले सोमबार शपथ लिने

सुर्खेत- कर्णाली प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूको शपथ यही पुस ११ गते सोमबार हुने भएको छ ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार पुस ११ गते शपथ गराउने तयारी भएको हाे । शपथ ग्रहणका लागि प्रदेश सभा सचिवालयले सबै तयारीहरू पूरा गरिसकेको छ । प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणका लागि तयारी पूरा गरिएको जानकारी दिए ।
भौतिक पूर्वाधार निर्माण, संसदीय दलहरूको कार्यालयको व्यवस्थापनदेखि संसद् भवनलाई रङरोगन गर्नेलगायतका सम्पूर्ण कार्य सम्पन्न भइसकेको बुढाथोकीले बताए ।
संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले निर्वाचन परिणाम घोषणा भएको २० दिनभित्र अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार कार्यक्रमको तयारी थालिएको छ । सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल प्रदेश सभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्थाबमोजिम बैठक सञ्चालन हुने जनाइएको छ ।
प्रदेश सभामा सबैभन्दा ज्येष्ठ सदस्यका रूपमा नेकपा एमालेका विनोदकुमार शाह छन् । शाह दैलेख निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित शाह एमालेका प्रदेश अध्यक्षसमेत हुन् । जेष्ठ सदस्य शाहलाई प्रदेश प्रमुखले शपथ गराउने र त्यसपछि शाहले प्रदेश सभाका अन्य सदस्यलाई शपथ खुवाउने कार्यक्रम तय गरिएको छ ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया