बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउन संसद्‍मा भूमिका खेल्छु : सांंसद भण्डारी

काठमाडौँ- नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउन संसद्‍मा भूमिका खेल्ने बताएका छन् ।​

बिहीबार संघीय संसद् भवन परिसरमा शपथग्रहण प्रश्चात् सञ्चारकर्मीहरूसँग बोल्दै सांसद भण्डारीले आगामी पाँच वर्ष देशमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउन संसद्‍मा भूमिका खेल्ने बताएका हुन् । उनले नेपाली युवाहरू विदेशी मुलुकमा जानुपर्ने बाध्यताको अन्त्य गर्न आवश्यक रहेको भनाइ राखे ।

सांंसद भण्डारीले विदेशमा रहेका युवाहरूलाई नेपालमा रोजगारीको वातावरण बनाएर स्वदेश ल्याउन प्रयास गर्ने जिकिर गरे । उनले देशको अर्थतन्त्र सबल बनाउन नीतिगत रूपमा सुधार गर्ने भूमिका खेल्ने पनि उल्लेख गरे ।

उनले नेपालमा देखिएको स्वास्थ्य उपचारका लागि राज्यले सहजीकरण गराउने विषयमा संसद्‍मा आवाज उठाउने बताए । उनले पछिल्लो समय देशभित्र देखिएका स्वास्थ्य, शिक्षा,कृषि क्षेत्रका समस्या नीतिगत रूपमा समाधानका लागि आवाज उठाउने बताए ।