नागरिकता विद्येयक बारे प्रारम्भमा नै छलफल गर्नुपर्ने गगन थापाको भनाइ
काठमाडौँ - कांग्रेसका नवनिर्वाचित सांसद गगनकुमार थापाले प्रतिनिधिसभा बैठकको प्रारम्भकालमा नै नागरिकता विद्येयकमािथ छलफल हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण समारोहमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै थापाले संसद बैठकको पहिलो एजेन्डा नै नागरिकता बिद्येयक हुनु पर्ने बताए ।
‘संसद बैठकको प्रारम्भमा नै नागरिकता बिद्येयकमािथ छलफल हुनुपर्छ,’ थापाले भने । उनले नागरिकता विद्येयकलाई स्वीकृत नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाका बारेमा पनि संसदमा छलफल हुनुपर्ने थापाले बताए ।
‘राष्ट्रपतिलाई मनको आधारमा ठिक बेठिक भन्ने अधिकार छैन, उनले संसद र मन्त्री परिषदले गरेको निर्णयलाई सदर गर्नुपर्छ,’ थापाले भने ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया