चर्को ब्याजदरविरुद्ध व्यवसायीको आन्दोलन : 'ब्याजदर साह्रो भो, गरिखान गाह्रो भो'

विराटनगर- चर्को ब्याजदरको विरोधमा उत्रिएका मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले नेपाल राष्ट्र बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालय अगाडि धर्ना दिएका छन् । उद्योग व्यवसायसम्वद्ध संघसंस्थाहरूले बिहीबारदेखि अनिश्चितकालिन धर्ना सुरु गरेका हुन् ।
बैंकहरूको मात्रै नाफा सुरक्षित हुने गरी राष्ट्र बैंकले संरक्षण गरेको भन्दै उनीहरूले आन्दोलनको घोषणा गरेको बताएका छन् । औद्योगिक व्यवसायिक संघसंगठनसहित करिब ४५ वटा संघसंस्थाहरूका प्रतिनिधिहरू धर्नामा सहभागी भएका छन् । सरकारलाई जतिसुकै घचघच्याउँदा पनि समस्याको सुनुवाई नभएको आरोप लगाएका छन् ।
उद्योगी व्यवसायीहरूले चालु पूँजी कर्जा निर्देशिकाको खारेजी, एकल अंकको बैंक ब्याजदर, स्प्रेड दर अधिकतम् २ प्रतिशत, संस्थागत ब्याजदर २ प्रतिशत र बैंकर र व्यवसायी अलग हुनुपर्ने माग राखेका छन् । उद्योगी व्यवसायीहरूको धर्नाका कारण अन्य बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा नगद लिन जान पाएका छैनन् । कर्मचारीहरूलाई कार्यालयमा प्रवेश गर्न दिइए पनि बैंकहरूबाट नगद लिन जाने गाडीहरूलाई उद्योगी व्यवसायीहरूले अवरोध गरेका छन् ।
बिहीबार सम्वद्ध संघसंस्थाहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गरी निर्णायक आन्दोलनको घोषणा गरेको बताएका थिए । उनीहरूले विद्यमान चर्को बैंक ब्याजदर तथा प्रतिकूल बैंकिङ नीतिहरूका कारण आफुहरू पीडित बनेको भन्दै सवै क्षेत्रका सरोकारवालाहरूसँग छलफलपछि आन्दोलनमा उत्रिएको बताएका छन् ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_qFn3EXKyuy_cc0et3jttbhjllccdihmm1vd6sozcai8k3x84ggqvbutafx5w5oqz16bbx87.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया