लागूऔषधसहित दुई समातिए

मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
हेटौंडा १२ तिनताप्केस्थित भित्रि सडक खण्डमा लागूऔषध कारोबार भएको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरीले लागूऔषधसहित पक्राउ गरेको जिप्रका मकवानपुरले जनाएको छ ।
स्थानीय २१ वर्षीय अबिन थिङलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले बोकेको झोलाबाट लागूऔषध नुरफिन ५० एम्पुल, डाईजोपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल फेला परेको प्रहरीले बताएको छ ।
यसैगरी अर्का स्थानीय ३४ वर्षीय प्रताप घलानलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
नियन्त्रणमा लिएर खोजतलास गर्दा घलानको घरको शौचालयमाथि लुकाई राखेको कुल नुरफिन १०४ एम्पुल, डाईजोपाम ११३ एम्पुल, फेनारगन १०७ एम्पुल बरामद गरिएको जनाएको छ ।

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

प्रतिक्रिया