सीसीटीभीको डिभाइस चोरेर सहकारीको पाँच लाख चोरी

कैलाली- गोदावरी नगरपालिका- २ मा रहेको साना किसान कृषि सहकारीको लकर फोडेर ५ लाख बढीको चोरी भएको छ । झ्यालको ग्रिल निकालेर भित्र पसेर लकर फोडेर ५ लाख ६८ हजार ६ सय ३ रुपैयाँ चोरेर लगेको हो ।
सहकारीका मुख्य प्रबन्धक गोरख खत्रीले बिहीबार बिहान सहकारीमा सफाइ कर्मचारीले चोरी भएको थाहा पाएको बताए । उनले सहकारीमा सीसीटीभी क्यामेरा जडान गरेको भएपनि चोरले क्यामेराको डिभाइस नै चोरेर लगेको बताए ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी सहकारीमा पुगेर अनुसन्धान गरिरहेको बताउँदै प्रहरी निरिक्षक बासुदेव भट्टले चोरले सहकारीको सीसीटीभी क्यामेराको डिभाइसनै चोरेर लगेकाले सडकमा जडान भएका अन्य क्यामेराको फुटेज चेकजाँच गरिरहेको बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया