जंगलमा लागेको आगो गाउँ पसेपछि...

बुटवल : रोल्पामा सोमबारबाट भएको आगलागीका कारण ३१ घरगोठ जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका-२ को कापडाँडा गाउँका १९, बर्तिबाङ गाउँका ६ र सानो चेत्रे गाउँका ६ गरी ३१ घर गोठ जलेर पुर्णरुपमा क्षति भएको स्थानीय इश्वरी घर्तीमगरले बताएकी छन् ।
प्रहरीको प्रारम्भीक तथ्यांकमा २६ घर जलेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले बताए । अन्य जलेका वस्तुभाउ बस्ने गोठ रहेका छन् । यसबारेमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ । रामपुर गाउँ र चेत्रे गाउँको जंगलमा लागीरहेको आगो नियन्त्रणमा लिनको लागि गाउँले र सुरक्षाकर्मीहरुले प्रयास गरिरहेको भए पनि आगो नियन्त्रण बाहिर गएको घर्तीले बताइन् । आगलागीमा परी २० वटा बाख्रा, १३ वटा गाई जलेर मरेका छन् ।
सोही वडाको पिराले, धानबाङ, रामपुर, प्युरी लगायका गाउँ र जंगलमा पनि ३ दिनदेखि आगलागी भइरहेको छ । ३ दिनमा त्रिवेणी गाउँपालिकाऔ-२ का २/३ वटा गाउँ बाहेक सबै जस्तो भुभागमा आगलागी भएको छ ।
यता हिजो साँझबाट सोही ठाउँबाट आएको आगोको झिल्को सल्किएर रुन्टीगढी गाउँपालिका-९ को सर्पाल र गुनाम गाउँको काकरिबाङ, गुनाम भित्ता र बजेरी जंगलमा पनि आगलागी भइरहेको छ । ३ दिनदेखि गाउँ र जंगलमा लागेको आगो नियन्त्रणका लागि स्थानीयबासी सुरक्षाकर्मीहरु खटिएपनि अझै आगो नियन्त्रणमा आउन सकेको छैन् । रातभर स्थानीयलाई आफ्ना सरसामान बाहिर निकालेर सुरक्षित स्थानमा बस्नका आग्रह गरिएको रोल्पाका प्रहरी प्रमुख डिएसपी सुवेदीले बताए ।
हावाहुरीका कारण आगो नियन्त्रणका लागि कठिनाई भएको प्रहरीले बताएको छ । उनका अनुसार आगो अझै नियन्त्रणमा आइसकेको छैन् । आगलागीबाट भौतिक क्षति भएपनि अहिलेसम्म मानवीय क्षति भएको छैन् । आगलागी भएको ठाउँतर्फ क्षति अध्ययनका लागि रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासहितको टोली हिँडेको छ । आगो कसरी लाग्यो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया