वीरगंजमा कोभिड संक्रमित थप दुई जनाको मृत्यु

वीरगंज : कोभिड-१९ संक्रमणका कारण वीरगंजमा थप दुई जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा बाराकी एक महिला र सर्लाहीका एक पुरुष हुन् ।
उनीहरुको नारायणी अस्पतालमा मृत्यु भएको हो । बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ कि ३० बर्षीया महिलाको कोभिड १९ संक्रमणका कारण मृत्युु भएको हो ।
बैशाख १३ गते भर्ना भएकी उनमा सोही दिन कोभिड १९ पुष्टि भएको थियो । उनको उपचारका क्रममा बुधबार मध्यराती मृत्युु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
यस्तै सर्लाही-४ धनगढाका ४३ वर्षीय पुरूषको पनि बुधबार बिहान साढे एक बजे मृत्यु भएको उनले बताए । ती पुरूषलाई मंगलबार अस्पतालमा भर्ना गरिएको थियो ।

आजदेखि धरहरा १२ घण्टा खुल्ने

सूचना आयोगद्वारा डिजिटल प्लेटफर्म सार्वजनिक

बालबालिकाको मोबाइल लत छुटाउने यी हुन् पाँच टिप्स्
आज साउन १ : कर्कट (साउने) सङ्क्रान्ति पर्व

आज यस्तो छ तपाईंको राशिफल

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका किशोर श्रेष्ठ

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

प्रतिक्रिया