फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्सको कप्तानी आन्द्रे म्याकार्थीले गर्ने

काठमाडौँ - नेपाल टि–२० क्रिकेट लिगमा फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्सको कप्तानी आन्द्रे म्याकार्थीले गर्ने भएका छन् ।
विराटनगरले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै वेस्ट इण्डिजका ब्याट्सम्यान आन्द्रे म्याकार्थीले विराटनगर सुपर किङ्सको कप्तानी गर्ने जनाएको हो । विराटनगरले म्याकार्थीको कप्तानीमा १७ सदस्सीय टिम समेत घोषणा भएको छ । विराटनगरले प्रतियोगिताका लागि जर्सी समेत सार्वजनिक गरेको छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ । यो लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् । कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ ।
टिममा नेपाली खेलाडी रोहितकुमार पौडेल, अर्जुन साउद, नन्दन यादव, विवेक यादव,शाहब आलम,अमर सिंह रौटेला, नारायण जोशी, सूर्य तामाङ, प्रदीप सिंह ऐरी,पृथु बास्कोटा, रिजन ढकाल रहेका छन् ।
विदेशी खेलाडीमा सिकन्दर राजा, हुसेन टलट, आन्द्रे म्याकार्थी, गौरन्शु शर्मा, कियोन जोसेप, राज रोक्की नानन रहेका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया