नगरपालिका संघको उपमहासचिव बनिन् उपमेयर डंगोल

काठमाडौँ - काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेपाल नगरपालिका संघको उपमहासचिव चयन भएकी छन् । बुधबार राजधानीमा सम्पन्न अधिवेशनबाट उनी उपमहासचिव चयन भएकी हुन् ।
यस्तै संघको अध्यक्षमा धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना सर्वसम्मत चयन भएका छन् । ४३ सदस्यीय कार्यसमितिमा ढुंगाना सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । उनी नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नगरप्रमुख हुन् ।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्र निर्वाचित सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा चयन भएका छन् । महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् ।

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

प्रतिक्रिया