कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ - मोरङमा सामान्य विवादमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । केराबारी गाउँपालिका ९ का ४३ वर्षीय दुर्गाकुमार राईको कुटपिट गरी हत्या गरेको अभियोगमा लेटाङ नगरपालिका १ का ३० वर्षीय साने भन्ने हस्त बहादुर लिम्बुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सामान्य वादविवादमा लिम्बुले आइतबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका राईलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर लगिए पनि उपचार हुन नसक्दा घर ल्याएकोमा मृत्यु भएको थियो ।
उक्त घटनामाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न लिम्बुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको समेत प्रहरीले बताएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया