बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

इम्बोस्ड नम्बर जडान नगरे चैतदेखि कारबाही गर्ने विभागको चेतावनी

फाइल तस्वीर

काठमाडौँ- यातायात व्यवस्था विभागले  फागुन मसान्तसम्म सरकारी सवारी साधनमा​ इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिएको छ। आगामी चैतबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा कारबाही गरिने विभागले चेतावनी दिएको छ।

विभागका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार दुई हजार रूपैयाँ जरिवाना गरिने जनाएको छ । सरकारी गाडीले १० वर्षसम्म पनि कर नतिरेपछि इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिइएको जनाएको छ । 

इम्बोस्ड नम्बर प्लेट जडान गर्ने समयमा अनिवार्य रूपमा कर क्लिअर भएको हुनुपर्ने विभागले जनाएको छ। इम्बोस्ड जडान गर्नुपर्ने विभागको निर्देशनले सरकारको राजस्व उठ्ने र इम्बोस्ड जडानको प्रक्रिया पनि सहज हुने विभागको भनाइ छ।