नेपालगञ्जमा उठ्यो लक्ष्यभन्दा आधा मात्रै राजश्व

बाँके। नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा आधा कम राजश्व उठाएको छ । बाँकेमा चालु आर्थिक वर्षमा भन्सार छलीका घटना बढेर जाँदा लक्ष्यअनुसारको भन्सारले राजश्व असुली गर्नसकेको छैन । आर्थिक वर्ष २०७९/०८० सुरु भएदेखि नै कुनै पनि महिनामा लक्ष्य अनुसारको राजश्व उठाएको छैन ।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा प्रतिशतका हिसाबले सबैभन्दा कम राजश्व उठ्ने वर्ष हुन सक्ने सम्भावना हालका तथ्यांकले देखाएको छ ।
कार्यालयले साउनमा लिएको लक्ष्य १७ अर्ब ८ करोड ८५ लाख ५५ हजार थियो, जसमध्ये १ अर्ब ३५ करोड ४८ लाख हजार उठाउन सफल भएको छ । पछिल्लो साउनमा २० अर्ब १ करोड ७३ लाख ६९ हजार उठाइएको थियो ।
भदौको लक्ष्य २ अर्ब २३ करोड ३६ लाख १३ हजार छ, जसमा १ अर्ब ४३ करोड ४९ लाख १२ हजार राजश्व उठेको छ । पछिल्लो भदौमा उठेको जम्मा रकम १ अर्ब ६४ करोड ६५ लाख ७१ हजार थियो ।
असोजमा पनि कार्यालयले खासै राजश्व उठाउन सकेन । जम्मा लिएको लक्ष्य २ अर्ब ३४ करोड १८ लाख १४ हजार थियो । जसमध्ये कार्यालयले १२ अर्ब ८५ करोड ५७ हजार उठायो । जबकि अन्तिम असोजमा कार्यालयले २ अर्ब ३७ करोड २४ लाख ६ हजार थियो ।
कात्तिकमा २०.३८ प्रतिशतले कम हुँदै राजश्व २ करोड अर्ब ३९ करोड ८२ लाख ७ हजार रहेको लक्ष्यमध्ये १ अर्ब ५४ करोड ५६ लाख ५२ हजार छ । जबकी विगतको कात्तिकमा कार्यालयले १ अर्ब ९४ करोड १२ लाख ७२ हजार उठाएको थियो ।
मंसिर महिनामा कार्यालयले २ अर्ब ४९ करोड ५० लाख ९ हजार लक्ष्यको १ अर्ब ३७ करोड ७४ लाख ६० हजार उठाएको छ । जबकि पछिल्लो मंसिरमा २ अर्ब ११ करोड २५ लाख ६१ हजार रकम असुली भएको थियो ।
कार्यालयले यसवर्षको सुरुको ६ महिना भित्र लक्ष्य बमोजिमको राजश्व उठाउन नसक्नुको कारण बाँकेमा भन्सार छलीका घटना बढ्नु हो ।

नेपाल–इटाली व्यापार सम्बन्ध सुदृढ गर्न वाणिज्य संघको पहल, मानार्थ वाणिज्यदूत पा…

चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए ए…

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

प्रतिक्रिया