१५ दिनमा कार्यालय र व्यापारिक संस्थाले राखेको होर्डिङ बोर्ड हटाउन काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका कार्यालयको परिचय वा व्यापारिक संस्थाले राखेका होर्डिङ बोर्ड १५ दिनभित्रमा हटाउन निर्देशन दिएको छ । महानगरले पटक-पटक सूचना जारी गर्दा पनि ३० वर्ग फिटभन्दा ठूलो नराख्न आग्रह गर्दा पनि बेवास्ता गरेकाले १५ दिनमा हटाउन पुनः सूचना जारी गरेको छ ।
व्यापार गर्ने संघ, संस्था, वित्तिय संस्था, सरकारी तथा गैह्र सरकारी संस्थाले ३० वर्ग फिट भन्दा ठूलो परिचय बोर्ड राखेको भए हटाउनु पर्ने महानगरले जारी गरेको सूचनामा बताइएको छ ।
महानगरले जारी गरेको सूचनामा कार्यालयले ३० वर्ग फिट भन्दा ठूलो परिचय बोर्ड राख्न नपाइने उल्लेख छ । स्वयम कार्यालय, संघ र संस्थाले नहटाएमा महानगरले हटाउँदा लागेको खर्च सो बराबरको लागत सम्बन्धित पक्षबाट असुल गर्ने भएको छ ।
महानगरका अनुसार कार्यालय वा व्यापारिक संस्थाले एउटा मात्र परिचय बोर्ड राख्न पाउने छन् । ६ वर्ग फिटको एउटा मात्र राख्न र वार्षिक ५ सय रुपैयाँ राजश्व तिर्नुपर्ने पाउने छन् ।
१५ वर्ग फिटको एउटा मात्र राख्न पाइने र वार्षिक राजश्व १५ सय रूपैयाँ तिर्नुपर्ने छ ।

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने संकट

मध्यबानेश्वरको सडकमा खानेपानीको पाइप फुटेर बगिरहेको छ पानी (फोटो/भिडियो)

गुँलापर्व आजदेखि सुरु

नेपालीले भारतमा तीन महिना समयावधिको सीम कार्ड पाउने

प्रतिक्रिया