देशभरका स्थानीय तहलाई सडक बतीको महसुल तिर्न विद्युत प्राधिकारणको निर्देशन

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले स्थानीय तहलाई सडक बत्तीको महसुल तिर्न निर्देशन दिएको छ । स्थानीय तहले आफूखुसी र प्राधिकरणको अनुमति नलिई सडकमा बत्ति जडान गर्दा प्राधिकरणलाई ठूलो नोक्सान भएको प्राधिकरणले जनाएको छ ।
सडकमा बत्ती जडान गरिएको ऊर्जा मापन गर्न नसक्दा र जडान गरिएको विद्युत खपतको महसुल भुक्तानी नगर्दा प्राधिकरणलाई असर परिरहेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरिएको छ,’ स्थानीय तहलाई बाँकी रकम तत्काल भुक्तानी गर्नुपर्नेछ । प्राधिकरणको वितरण केन्द्रबाट सहमति लिएर मात्र सडक बत्ती जडान गर्नुपर्नेछ । सडक बत्तीको विद्युत मापन गर्न ४५ दिनभित्र मिटर जडान गर्नुपर्छ । सडक बत्तीको बारेमा केही बुझ्न परेमा नजिकको प्राधिकरण केन्द्रमा सम्पर्क गर्नुपर्नेछ ।‘
तत्काल मिटर जडान नगरेमा वा बाँकी बक्यौता रकम नबुझाएमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्राधिकरणले बताएको छ ।
प्राधिकरणले सिङ्गल फेज इनर्जी सडक बत्तीका लागि निःशुल्क मिटर उपलब्ध गराउने छ । एउटा मिटरले सय वाटको ५० बत्तीको मापन गर्न सक्छ । प्राधिकरणले प्रत्येक बत्तीलाई मिटर उपलब्ध नगराउने भएको छ ।
‘स्थानीय तहले नजिकको वितरण केन्द्रमा समन्वय गरी सडक बत्तीका लागि केवल तानेर बत्ती जडान गर्नुपर्नेछ,’ प्राधिकरणले जारी गरेको सूचनामा लेखिएको छ ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया