फ्ल्यागशिप लेबल कर्भ भिजन डिस्प्ले भएको रियलमी १० प्रो प्लस फाइभजी नेपाली बजारमा

काठमाडौँ - विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीको फ्ल्यागशिप लेबल कर्भ भिजन डिस्प्ले सहितको प्रिमियम स्मार्टफोन रियलमी १० प्रो प्लस फाइभ जी नेपालमा उपलब्ध भएको छ । मिडरेन्जको सबैभन्दा प्रिमियम मानिएको यो फोन कर्भ्ड भिजन डिस्प्लेको कारण बजारमा चर्चित छ ।
लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, 'रियलमी १० प्रो सिरिजको नयाँं सदस्यको रुपमा रियलमी १० प्रो प्लस फाइभजीलाई नेपालमा ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । रियलमी १० प्रो प्लस फाइभ जी यस सेग्मेन्टकै पहिलो स्मार्टफोन हो । जसमा फ्ल्यागशिप लेभलको कर्भ्ड भिजन डिस्प्ले रहेको छ । एउटा ब्रान्डको रुपमा हामी जहिले पनि नयाँँ–नयाँँ प्रविधि युक्त उत्पादनहरु उपभोक्तामाझ ल्याउन प्रयासरत हुन्छौँ । र त्यसैको फलस्वरुप डिजाइन र टेक्नोलोजिको सर्वोत्कृष्ट संगमको रुपमा रियलमी १० प्रो प्लस फाइभ जी लाई बजारमा ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ । हामीलाई आशा छ रियलमी १० प्रो प्लस फाइभ जीले पनि अगाडिको फोनहरु जस्तै माया र विश्वास पाउनेछ ।'
रियलमी १० प्रो प्लस फाइभ जी यो सेग्मेन्टकै पहिलो फोन हो जसमा फ्ल्यागशिप लेबल १२० हर्जको कर्भड भिजन डिस्प्ले रहेको छ । त्यस्तै यसमा २१६० हर्ज पिडब्ल्युएमको डिमिङ रहेको छ जुन नेपालकै पहिलो हो । ९३.६५ % स्क्रिन–टु–बडी रेसियो भएको यो फोनको मोटाइ भने जम्मा २.३३ मिमि रहेको छ जसले गर्दा यो फोन अत्यन्तै स्लिम पनि छ । यो रियलमीको कर्भ्ड डिस्प्ले स्मार्टफोनमै सबैभन्दा न्यारो बटम बेजेल पनि हो । त्यस्तै गरी यो संसारकै सबैभन्दा पहिलो ओएलइडि डिस्प्ले हो जसले टियुभि रेनल्यान्ड फ्लिकर फ्री सर्टिफिकेट पनि पाएको छ ।
अत्यन्तै आकर्षक हाइपरस्पेस डिजाइन र अल्ट्रा–लाइट बडी भएको यस रियलमी टेन प्रो प्लसको तौल पनि जम्मा १७३ ग्राम रहेको छ जुन अत्यन्तै हलुका हो । त्यस्तै यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्रि रहेको छ जुन १७ मिनेटमै ५०% सम्म चार्ज हुन सक्छ । चिपसेटको कुरा गनुपर्दा यसमा डाइमेन्सिटी १०८० छन् चिपसेट रहेको छ जसमा ६ न्यानोमिटरको हाइ एफिसियन्सी प्रोसेसर र ५,२०,००० एन्टुटु बेन्चमार्क रहेको छ ।
त्यस्तै यसमा फ्ल्यागशिप लेभलकै १०८ एमपिको क्यामरा रहेको छ । नोनापिक्सेल टेक्नोलोजी युक्त यी क्यामराहरुले अत्यन्तै क्लियर तस्बिर लिन सक्छन । साथ–साथै यी क्यामराहरुमा सुपर ग्रुप पोर्टेट, वान टेक, र स्ट्रिट फोटोग्राफी मोड ३.० जस्ता फिचरहरु छन् जसले वाटरमार्क सहित एकदमै राम्रो तस्बिरहरु लिन सक्छन् ।
आकर्षक हाइपरस्पेस गोल्ड रंगमा उपलब्ध रियलमीको अहिलेको बजार मुल्य ४५,९९९ रहेको छ भने यसमा स्टोरेज अप्सन ८ जिबि+१२८ जिबि रहेको छ । पौष ९ गते शनिबारदेखि नेपालभरी उपलब्ध हुने यस रियलमी टेन प्रो प्लस फाइभ जी किन्ने ५० जना भाग्यशाली ग्राहकहरुले रियलमीको तर्फबाट एउटा सफारी ब्याग उपहारको रुपमा प्राप्त गर्नेछन् । त्यस्तै गरी ६,७ र ८ गते दराजबाट किन्दा रु २००० सम्मको फ्ल्याट डिस्काउन्ट पनि प्राप्त गर्न सक्नेछन् ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_yoG0jo2xwn_dlkngyev4dehrxwxj2iff9ynri09tpobt93ipszycegg6nymmqcfcgvxixer.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया