कास्कीमा निषेधाज्ञा लागू भएपछि सुनसान बन्यो पोखरा (फोटो फिचर)

पोखरा : कास्कीमा बुधबारदेखि निषेधाज्ञा लागू भएको छ । कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय, कास्कीले जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । बैशाख २१ गतेसम्म निषेधाज्ञा रहनेछ ।
यस अवधिमा अनावश्यक रुपमा हिँडडुल नगर्न र आवश्यक भएमात्र हिँड्न प्रशासनले निर्देशन गरेको छ । एम्बुलेन्स, दमकल, खाद्यान्न, दूध, तरकारी, निर्माण सामग्री बोक्ने गाडीसहित अत्यावश्यक सवारी चलाउन पाएपनि सार्वजनिक तथा निजी सवारी जोरबिजोर प्रणालीमा हिँडाउन पाइन्छ ।
फनपार्क, रंगशाला, दोहोरी साँझ, फुटसल, सैलुन, डिस्को, अत्यावश्यक बाहेकका सेवा नखोलिने तर औषधी पसललाई २४ घन्टा नै खोल्न दिने प्रशासनको निर्णय छ ।
होटल तथा रेस्टुरेन्टले बिहान ८ बजेदेखि राति ८ बजेसम्म ‘टेक अवे’ सुविधा दिनेछन् । घरमा गरिने पूजापाठजस्ता धार्मिक कार्यक्रममा पनि १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।
अदालत आशिंकरुपमा खुल्ने
कास्की जिल्ला अदालतले आशिंक सेवा दिने भएको छ । बुधबारबाट लागू निषेधाज्ञामा अदालत ‘आशिंक’ रुपमा सञ्चालन गरिनेछ । जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार आशिंक रुपमा अदालत सञ्चालन गर्न लागिएको अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिए ।
अदालतले निषेधाज्ञाको अवधिभर बन्दीप्रत्यक्षीकरण निवेदनको सुनुवाई, बाल सुधार गृहका बालबालिका जिम्मा लिने निवेदनमाथिको कारबाही, पक्राउ पुर्जी अनुमति, म्याद थप, अभियोगपत्र दर्ता, बयान र थुनछेक बहस गर्नेछ ।
मंगलबार गण्डकी प्रदेशमा १ सय १३ जना कोरोना संक्रमित थपिएकोमा ९७ जना मात्रै कास्कीका थिए । कास्कीमा ७ सय २७ सक्रिय संक्रमित छन् । बुधबारदेखि लागु निषेधाज्ञाको प्रभाव कास्कीमा देखिएको छ ।
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

प्रतिक्रिया