सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

सलाम एयरद्वारा विभिन्न विद्यामा सम्मान प्रदान

काठमाडौं – सलाम एयरलाइन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरुलाई सम्मान गरेको छ । सन २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरुलाई सम्मान गरेको हो । 

सन् २०१८ देखि नियमित उडान गरिरहेको सलामले हाल विभिन्न ३५ वटा गन्तब्यमा नियमित तथा केही अन्य गन्तब्यहरुमा सिजनल सेवा पु¥याउँदै आएको छ । नेपालमा छिट्टै दैनिक उडान भर्ने जनाएको छ । हालै काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच सलाम एयरलाइन्सले नेपालमा क्रियाशील ट्राभल्स एजेन्सीहरुलाई विभिन्न विद्यामा सम्मानित गर्‍यो । 

विभिन्न विद्या अन्तर्गत टप रेभिन्यु पर्फर्मेन्स अवार्डबाट बेस्ट वे ट्राभल्स एन्ड टुर्स प्रा.लि., एक्सल ट्राभल्स एन्ड टुर्स प्रा.लि., हार्वेस्ट मून ट्राभल्स एन्ड टुर्स प्रा.लि., वोपन अवे ट्राभल्स एन्ड टुर्स प्रा.लि., प्रयास ट्राभल्स एन्ड टुर्स प्रा.लि., रस्बिता ट्राभल्स एन्ड टुर्स प्रा.लि. र सी लिन्क ट्राभल्स एन्ड टुर्स प्रा.लि. सम्मानित भएका छन् ।

त्यस्तै मस्ट इम्प्रुभ्ड रेभिन्यु कन्ट्रीब्यूटर अवार्डबाट मस्र्याङ्दी ट्राभल्स एन्ड टुर्स प्रा.लि. सम्मानित भएको छ । त्यस्तै हाइऐस्ट एन्सिलरी रेभिन्यु कन्ट्रीब्यूटर अवार्ड जिओलोजी ट्राभल्स एन्ड टुर्स प्रा.लि. सम्मानित भएको छ । त्यसैगरी राइजिङ्ग स्टार अन्तर्गत मार्वलस ट्राभल्स एन्ड टुर्स प्रा.लि.लाई सम्मान गरेको छ ।
सोही अवसरमा सलाम एयर लायन्सले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत काठमाडौंमा सन्चालित मानसिक सन्तुलन गुमाएका सडक बालबालिका तथा नागरिकहरूको लागि काम गरिरहेको संस्था नेपाल स्नेही काख नेपाललाई खाद्य सामग्री तथा लत्ता कपडा वितरण पनि गरिएको थियो । 

सलाम एयर लायन्सको नेपालस्थित जीएसए आइएमई इन्टरनेशनल ट्राभल्स प्रा.लि.ले आयोजना गरेको उक्त कार्यक्रम आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सलाम एयरका प्रतिनिधिहरुले विजेता ट्राभल्सहरुलाई बधाई दिँदै आगामी दिनमा थप सहयोगको अपेक्षा रहेको बताए । आइएमई इन्टरनेशनल ट्राभल्स आइएमई ग्रुपद्वारा संचालित ग्रुपको एक भगिनी संस्था हो । 

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम