आमसभामा सयौं गाडी पठाएर मान्छे ओसार्ने दलहरू दुलाभित्र पसेपछि...

काठमाडौँ : कोरोना भाइरस महामारीको दोस्रो लहर देखापरेपछि काठमाडौँ उपत्यकाका जिल्ला प्रशासनले बिहीबारदेखि निषेधाज्ञा लागू गरेका छन् । निषेधाज्ञाका कारण धेरै गतिविधि बन्द हुने भएपछि धेरै मानिसहरू काठमाडौँ छाडेर आफ्नो घर भएका ठाउँहरूमा फर्कदैं छन् । यसले उपत्यका बाहिर चल्ने सार्वजनिक यातायात पाइने स्थानमा भीडभाड पनि बढेको छ । मंगलबार मात्रै ५० हजारभन्दा धेरैले काठमाडौँ उपत्यका छाडेको अनुमान छ ।
जनताले सहजसँग आफ्नो गाउँघर फर्कने व्यवस्था समेत नभएको भन्दै सर्वसाधरणले सामाजिक सञ्जालमा रोष प्रकट गरिरहेका छन् । युवा वैज्ञानिक उत्तमबाबु श्रेष्ठले अस्ति जनसभा र आमसभा भन्दै शक्ति प्रदर्शन गर्न राजधानीमा मान्छे उतार्ने सत्तारुढ दल तथा उनका विपक्षीहरू अहिले नागरिकका पीडामा कहाँ छन् भनेर प्रश्न सोधेका छन् । दलहरूले जनतालाई आफ्नो स्वार्थमा मात्र उपयोग गरेको उनको टिप्पणी छ ।
अाज कलंकीतिर जाँदा देखियाे सरकारकाे सक्कली अनुहार। उपत्यका छाेड्नकाे सम्हाली नसक्नुकाे भिड। अधिकांशले मास्क प्रयाेग गरेका थिए तर भाैतिक दुरी कायम भएकाे थिएन। अामसभामा शक्ति प्रदर्शन गर्न सयाैं गाडी तयार पार्ने पार्टीहरूले जनताकाे लागि केहि सय गाडी तयार गर्न सक्दैन थिए र ?
— Uttam Babu Shrestha (@uttambabu) April 27, 2021

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

आजदेखि धरहरा १२ घण्टा खुल्ने

सूचना आयोगद्वारा डिजिटल प्लेटफर्म सार्वजनिक

बालबालिकाको मोबाइल लत छुटाउने यी हुन् पाँच टिप्स्
आज साउन १ : कर्कट (साउने) सङ्क्रान्ति पर्व

आज यस्तो छ तपाईंको राशिफल

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका किशोर श्रेष्ठ

प्रतिक्रिया