नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु
अहिले ओलीले प्रचण्डलाई लेखेको पत्रबारे छलफल हुँदै

काठमाडौं : सत्तारुढ दल नेकपाको बहुप्रतिक्षित सचिवालयको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । सचिवालय बैठकका लागि सबै नेताहरू बालुवाटार पुग्नु अगावै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई लामो पत्र पठाएर आफ्नो जिममेवारीमा परेको काम पूरा गर्न आग्रह गरेका छन् । यद्यपी उनले दाहाललाई आफूले फकाएको र सँगै अघि बढ्ने जानकारी दिएको उल्लेख गर्दै रमाईलो पत्र लेखेको सचिवालयका एक सदस्यले बताए ।
बहुमत सचिवालय सदस्यहरूको निरन्तर दबाबपछि प्रधानमन्त्री ओली बैठक बोलाउन सहमत भएकपछि महासचिव विष्णु पौडेलले बैठक बोलाएका हुन् । आजको बैठकमा सरकारका काम कारबाही, मन्त्रिपरिषद् पुर्नगठन, पार्टीको विवाद समाधान, राजदूत नियुक्तीको सिफारिस र स्थायी समिति बैठकका निर्णय कार्यान्वयनलगायत विषयमा छलफल हुने नेताहरूले बताउँछन् ।
सचिवालय सदस्यहरूले केन्द्रीय कमिटी बैठक अगावै स्थायी कमिटीको बैठक बोलाउन पनि माग गर्ने तयारी छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकका लागि बैठक होइन यसमा सबै पक्षले आआफ्नो क्षेत्रमा गरेका कामको समिक्षा, दलभित्र र सरकारमा भएको काम पनि नियाल्ने विषायमा छलफल हुने जानकारी दिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, प्रवक्ता श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा सहभागि छन् ।
बैठकको आरम्भमा नै दाहाललाई लेखेको पत्रको प्रशंग उठेको थियो । प्रधानमन्त्री ओलीले दाहाललाई लामो पत्र किन र केका लागि लेखे भन्ने विषयले अर्को बहस श्रृजना भएको छ । दाहाल फकाउने भन्दा पनि विषय र प्रशंगलाई मोड्ने बालुवाटार रणनीतिको रूपमा पनि यो पत्रलाई लिइएको सचिवालय सदस्यले बताए ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया