सुदूरपश्चिममा नयाँ सांसदलाई शपथ ग्रहण गराउने तयारी

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले दोस्रो कार्यकालका लागि नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण गराउने तयारी थालेको छ । ५३ सदस्यीय प्रदेशसभाका सांसदको यही पुस ११ गते शपथग्रहण गराउने तयारी सचिवालयले गरेको छ ।
प्रदेश संसद्ले शपथग्रहण गरेपछि मासिक पारिश्रमिक, भत्तालगायतका सुविधा पाउनेछन् । सुदूरपश्चिम प्रदेशसभाका सांसदहरुले मासिक न्यूनतम ८५ हजार ५०० रुपैयाँ सम्म पाउने छन् । प्रदेशसभा सचिवालयका अनुसार मासिक पारिश्रमिक ५६ हजार ५ सय, आवास वाफत १७ हजार, धारा/बिजुली २ हजार, पत्रपत्रिका तथा संचार ३ हजार र अतिथि सत्कारमा ७ हजार रुपैयाँ सुविधा पाउनेछन् ।
त्यस्तै आवास सुविधाबापत पाउने १७ हजार भने प्रदेशसभा भवनदेखि १५ किलोमिटर क्षेत्र भित्रमा आफ्नै घर भएकाहरुले भने नपाउने व्यवस्था छ । तर, घर मर्मत वापत वाषिर्क ३५ हजार रुपैया भने पाउने छन् । साथै, कार्यकाल भरिमा एक पटकका लागि एकमुष्ट एक लाख रुपैयाँ फर्निचरका लागि पाउने व्यवस्था छ ।
यसैगरी, सभामुख, उपसभामुख, विपक्षी दलका नेता, सत्ता पक्षको संसदीय दलका नेता, सत्तारुढ दलको प्रमुख सचेतक र विषयगत समितिका सभापति, सत्तारुढ र विपक्षी दलको प्रमुख सचेतकले अतिरिक्त सेवा सुविधाहरु पाउने प्रावधान छ । सांसदहरुको मासिक पारिश्रमिक ५६ हजार ५०० रहेकोमा सभामुखको ६४ हजार, उपसभामुख र विपक्षी दलको संसदीय दलका नेताको ५९ हजार ५००, सत्तारुढ दलका प्रमुख सचेतकको ५७ हजार ५०० र विपक्ष दलको प्रमुख सचेतकको ५७ हजार रुपैयाँ तोकिएको छ । त्यसबाहेक उनीहरुले पनि आवास, धारा, बिजुली, सञ्चार, अतिथि सत्कार शीर्षकमा अतिरिक्त सुविधा पाउने व्यवस्था छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया