कांग्रेस बागमती प्रदेश संसदीय दलमा निर्वाचन हुने, समिति गठन

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभाको संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन प्रक्रिया सुरु गरेकै दिन बागमती प्रदेशको दलको नेता चयन गर्नका लागि पनि निर्वाचन गरिने भएको छ ।
कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय निर्णयसँगै प्रक्रिया सुरु भएको छ ।
कार्यसम्पादन समितिको बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि बागमती प्रदेश समितिका उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा समिति गठन गरेको छ । सो समितिमा प्रदेशका महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सदस्य सानु श्रेष्ठ रहेको प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।
बागमती प्रदेशको संसदीय दलको नेतामा इन्द्र बानियाँ र बहादुर सिंह लामाले दाबी गर्दै आएका छन् ।

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

प्रतिक्रिया