विश्वकप ट्रफी अनावरणमा किन छानिइन् दीपिका ?

मुम्बई- भारतीय अभिनेत्री दीपिका पादुकोण बलिउडको सुन्दर, स्टाइलिस र प्रतिभावान अभिनेत्रीमा पर्छिन् । यिनै दीपिका गत १८ डिसेम्बर अर्थात् कतारमा समापन भएको फिफा विश्वकपको फाइनलमा देखा परिन् ।
अर्जेन्टिनाले जितेको यसपटकको विश्वकपको फाइलनमा दीपिकाले लुसेल स्टेडियममा पूर्व स्पेनिस गोलकिपर इकर कासिलासका साथ फिफा विश्वकप २०२२ को ट्रफी अनावरण गरेकी थिइन् ।
यो ट्रफी अनावरण गर्ने दीपिका पहिलो ग्लोबल स्टार हुन् । अहिले दीपिकालाई यो ट्रफी अनावरण गर्न किन छनोट गरियो भन्ने विषयमा सर्वत्र चासो छ । धेरैले दीपिका आफ्नो फिल्म ‘पठान’को प्रमोसनका लागि त्यहाँ पुगेको बताए पनि त्यो दाबी गलत भएको छ ।
यो ट्रफी करिब ६ दशमलव १ सय ७५ केजीको थियो । जुन १८ क्यारेट सुनबाट बनाइएको थियो । यो ट्रफीलाई विशेष व्यक्तिले मात्र छुन पाउँछन् । यो ट्रफी केस इन्टरनेसनल लग्जरी ब्राण्ड लुई विटोनले डिजाइन गरेको हो । दीपिका यसको ब्राण्ड एम्बासेडर हुन् । यही कारण दीपिकाले ट्रफीको अनावरण गर्ने मौका पाएकी हुन् ।

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

सञ्जय दतको ‘द भूतनी’मा के छ ?

रेडः २ को कुल बजेट ४८ करोड, अजय देवगनले मात्रै लिए २० करोड

जब साराले छाडिन् करोडौं कमाउने ‘वन्ली फ्यान्स’को अश्लिल जब

बाहुबलीः २ पुनः विश्वब्यापी रिलिज गरिँदै

‘होस्टेल ३’ले रञ्जना सिनेमा हलमा मनायो ५१ दिन, विशेष कार्यक्रममा कलाकार र टि…

निर्देशक साजिद माथी हिराेइनकाे गम्भीर आरोप, भनिन, 'घरमा बोलाएर कपडा उतार्न …

प्रतिक्रिया