आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

टिसीएल अन्तर्राष्ट्रिय टिमको नेपाली बजार भ्रमण

काठमाडौँ-टिसीएल एक विश्वव्यापी टेक्नोलोजी ब्रान्ड हो र यो चार दशकहरूमा टिसीएल, चीनको हुइज्होउमा अडियो टेप उत्पादन गर्ने सानो संयुक्त उद्यमबाट व्यापारको विस्तृत श्रृंखलामा संलग्न भई विश्वव्यापी औद्योगिक प्रमुखको रूपमा विकसित भएको छ। वर्तमानमा टिसीएलको उपस्थिति विश्वको १६० भन्दा बढी देशहरुमा छ र आफ्नै म्यानुफ्याक्चरिङ्ग र रिसर्च एन्ड डेभेलप्मेन्ट सेन्टरहरु विश्वभर छरिएर रहेका छन् ।

टिसीएल सन् २०१२मा नेपालमा चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएलले भित्र्याएको हो र अहिले नेपालको घरेलु इलेक्ट्रिक उपकरणमा ठूलो बजार हिस्सा ओगटेको छ। ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसीएलका टिभी, रेफ्रिजिरेटर, वाशिङ मेसिन, एअर कन्डिसनर, चेस्ट फ्रीजर, वाटर डिस्पेन्सर र साउन्डबार जस्ता उत्पादनहरु नेपालमा उपलब्ध छन्। र हालै सिजी इलेक्ट्रोनिक्सले नेपालमा एसेम्बली प्लान्ट पनि सुरु गरेको छ, जसले गर्दा टिसीएलका उत्पादनहरुको लागत घट्न मद्दत पुगेको छ। साथै यसले नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गरेको छ र नेपाली ग्राहकले गुणस्तरीय सेवा सहित उत्पादनहरु सुपथ मुल्यमा पाएका छन्।    

हालै नेपालको बजार अध्ययन र बजार विस्तारको लागि टिसीएलको एसिया प्यासिफिक सेल्स सेन्टरका लागि नियुक्त्त सेल्स डाइरेक्टर मिसेस क्यारोलिन (किउ लिन) र सिनिअर सेल्स म्यानेजर मिस्टर रेक्स(लिउ रेन)ले नेपाली बजारको भ्रमण गरेका छन्। टिसीएल टिमले काठमाडौं टङाल, कुमारीपाटी र बसुन्धाराका सिजी डिजिटल शोरुमहरुका साथै बिभिन्न डिलर सपहरुको भ्रमण गरेका छन् ।

सेल्स डाइरेक्टर मिसेस क्यारोलिनका अनुसार, “विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध टिसीएलका उत्पादनहरु नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ। र चौधरी समूहसँगको हाम्रो लामो सहकार्यको अनुभवले र यो भ्रमणले हामीलाई नेपालमा सेवा अझ ब्यापक रुपमा विस्तार गर्न प्रोत्साहित गरेको छ।“ ग्राहकहरुलाई  उच्चस्तरिय अनुभव प्रदान गर्न चाडै नै  टिसीएलका विशेष शोरुमहरु र कन्सेप्ट कर्नरहरु नेपालभर विस्तार गर्ने टिसीएलको भावी योजना पनि रहेको छ । 

सिजी ईलेक्ट्रोनिक्सले अन्तरराष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गरेर सार्वजनिक गरेको “फुटबल हङ्गामा” योजना हाल सम्म कायमै राखेको छ। टिसीएल अन्तरराष्ट्रिय ब्राजिलियन फूटबल टिमको आधिकारिक प्रायोजक पनि हो। कम्पनीले टिसीएलका उत्पादनहरुमा फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।

कम्पनीले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम