वीरगञ्जमा कोभिडले दुई दिनमा सात जनाको मृत्यु

वीरगञ्ज : कोभिड-१९ संक्रमणले मंगलबार बेलुकी थप एक जनाको मृत्यु भएको छ । योसँगै वीरगञ्जमा मंगलबार मात्रै कोरोनाले मृत्यु हुनेको संख्या ४ पुगेको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत पर्साको पोखरीया नगरपालिका- २ का ७२ वर्षीय बृद्धको मंगलबार बेलुकी साढे ७ बजे मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई सोमबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो । सोमबार नै उनको स्वाब संकलन गरि एन्टिजेन विधिबाट कोभिड परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । अवस्था झन जटील बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा उनको मंगलबार बेलुकी साढे ७ बजे मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डा. सरोज रोशन दासले जानकारी दिए ।
मंगलबार नै वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत बाराको परवानीपुरका ४५ वर्षीय संक्रमित पुरुष, वीरगञ्ज महानगरपालिका-२५ सिर्सियाकी ६५ वर्षीया संक्रमित महिला र बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२ की ४० वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो । वीरगञ्जमा मंगलबार र सोमबार गरि दुई दिनमा कोभिडले ७ जनाको मृत्यु भएको छ ।
सोमबार पनि वीरगञ्जमा ३ जना संक्रमतिको मृत्यु भएको थियो । कोभिडको दोश्रो लहर शुरु भएयता वीरगञ्जमा मृत्यु हुनेको संख्या १८ पुगेको छ । वीरगञ्जको नारायणी अस्पतालमा १४ जनाको, नारायणी बयोधा अस्पतालमा ३ जनाको र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो ।
मृतक १८ जना मध्ये पर्साका १३ जना , बाराका ४ र सर्लाहीका १ जना हुन् । वीरगञ्जको नारायणी अस्पतालमा अहिले पनि ५४ जना संक्रमितको उपचार भइराखेको छ । ती सबैको अवस्था जटील रहेकाले अक्सिजन लगाएर राखिएको डा. दासले बताए । ती मध्ये ५ जनाको भने अवस्था जटिल रहेको पनि उनले बताए ।

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रतिक्रिया