इंग्ल्यान्डद्वारा पाकिस्तानविरुद्धको टेस्ट सिरिज क्लिन स्विप
काठमाडौँ- इंग्ल्यान्डले घरेलु टोली पाकिस्तानविरुद्धको तीन खेलको टेस्ट सिरिज क्लिन स्विप गरेको छ । कराँचीमा सम्पन्न तेस्रो टेस्ट ८ विकेटले जित्दै इंग्ल्यान्डले सिरिज क्लिन स्विप गरेको हो । इंग्ल्यान्डले पहिलो खेल ७४ रन तथा दोस्रो खेल २६ रनले जितेको थियो ।
तेस्रो टेस्ट अन्तर्गत पाकिस्तानबाट पाएको १ सय ६७ रनको लक्ष्य इंग्ल्यान्डले दोस्रो इनिङ्समा २ विकेट गुमाएर पुरा गर्यो । दोस्रो इनिङ्समा इंग्ल्यान्डका लागि बेन डकेटले अविजित ८२ रनको योगदान गरे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा ३ सय ४ रन जोडेको थियो । कप्तान बाबर आजमले ७८ रन बनाए । इंग्ल्यान्डका ज्याक लिचले ४ विकेट लिए ।
यता पहिलो इनिङ्समा इंग्ल्यान्डले भने ह्यारी ब्रुकको १ सय ११ रनको मदतमा ३ सय ५४ रन जोड्यो । पाकिस्तानका अबरार अहमद र नौमान अलीले समान ४-४ विकेट लिए ।
दोस्रो इनिङ्समा भने पाकिस्तानले २ सय १६ रन मात्र जोड्यो । उसका लागि कप्तान बाबर आजमले ५४ तथा साउद सकिलले ५३ रन बनाए । इंग्ल्यान्डका लागि रेहान अहमदले सर्वाधिक ५ विकेट लिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया