दोलखामा भिरबाट लडेर एक पुरुष बेपत्ता

चरीकोट- दोलखाको बिगु गाउँपालिकामा भिरबाट लडेर एक पुरुष बेपत्ता भएका छन् । बिगु गाउँपालिका–१ लामाबगरमा सडक निर्माणमा खटिएका पुरुष भिरबाट लडेर बेपत्ता भएका हुन् ।
कैलालीको घोडाघोडी नगरपालिका–५ का ३९ वर्षीय दिलबहादुर घर्ती बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता राजेश सिग्देलले बताए । घर्ती लामाबगरबाट लप्चीतर्फ जाने सडक निर्माणको काममा खटिएका थिए ।
दुगड हाइड्रोले निर्माण गरिरहेको लामाबगर लप्ची सडकखण्डमा कार्यरत उनी सोमबार बिहान अन्दाजी ११ बजेतिर भिरबाट खसेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया